प्रकाशमान सिंहले खोले सम्पर्क कार्यालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ  ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका आकांक्षी सिंहले सम्पर्क कार्यालय खोलेका हुन् । 

महाधिवेशन आउन चार दिन बाँकी रहँदा नेतृत्वमा चुनाव लड्न प्रकाशमानले सिंहदरबारको मूल गेटअगाडि यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका छन् ।  

कार्यालयबाट प्रकाशमानले मंगलबार बिहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट सुरु गर्नेछन्। भेटघाटका लागि सम्पर्क कार्यालयमा आउन सिंहको सचिवालयले नेता, कार्यकर्तामा अपिल गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।