भक्तपुरमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सोमबारबाट सुरू भएको छ।

सोमबार भक्तपुरको सहिदस्मृति खेलमैदानमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

खेलाडीहरूले  सामूहिक, समन्वय, सहयोग र सहकार्यको सदुपयोग गर्दै आफ्नो खेलको विकास गर्ने हुँदा यसले भविष्यमा व्यक्तित्व विकासमा समेत विशेष योगदान रहेकोले पालिकाले खेलकुद प्रतियोगिता गरेको जनाइएको छ।

    अध्यक्ष बिजुक्छेँले मित्रता, अनुशासन र स्वस्थ जीवनको लागि खेलकुद अत्यन्त महत्त्वपूर्ण हुने र खेलाडीहरूले देशको गरिमा बढाउने बताए। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा उत्कृष्टता हासिल गरेसँगै खेलकुद क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम गरिरहेको बताए।

उनले विद्यार्थीहरूको अनुकूल समयमा विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सक्रिय बनाउन प्रत्येक वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए।

प्रतियोगिता मंसिर २० गतेदेखि २४ गतेसम्म हुनेछ। प्रतियोगितामा नगरपालिकाभित्रका ६० वटा भन्दा बढी विद्यालयका १८८५ जना खेलाडीहरूले प्रतिस्पर्धामा सहभागिता रहेको पालिकाले बताएको छ। 

टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वाण्डो, जिम्नाष्टिक, पोर्टबल, कसिमला पाँय गरी १४ वटा खेलका लागि प्रतिस्पर्धा हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।