एमबीबीएस पढाइको उद्घाटन गर्न आगामी आइतबार जुम्ला आउँदै राष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारी भण्डारी आगामी साता जुम्ला आउने भएकी छन् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेको एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न उनी २६ मंसिरमा जुम्ला आउन लागेकी हुन् ।

प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रम तय भइसकेको छ । एमबीबीएस  र  प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन लागेको उनले बताए ।

प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिबाट उद्घाटन भएपछि नियमित पढाइ सुरु हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।