रिलायन्स लाइफको लाभांश बीमा समितिबाट स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांशलाई बीमा समितिले स्वीकृत गरेको छ। 

बीमा समितिले १६ मंसिरमा कम्पनीलाई पाँच दशमलव २६३ प्रतिशत अर्थात् ११ करोड पाँच लाख २७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न अनुमति दिएको हो।

१८ असोजमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रतिशेयर पाँच रुपैयाँ २६३ रुपैयाँको दरले ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्न निर्णय गरेको थियो। 

उक्त लाभांश पारित गर्न ११ पुसमा वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीले प्राप्त गर्न सक्नेछन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।