नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका १० नं वडा कार्यालयको आयोजना तथा नेपाल बैक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा यहि मिति २०७८/०८/१८ गते शनिवारका दिन हिमालय मा.वि. खोपासीमा  डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।  

पनौती नगरपालिका १० नं.वडा कार्यालयका वडा अध्यक्ष श्री मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर श्री भिम न्यौपानेले पानसमा बत्ती बालेर गरेका थिए ।

बिशिष्ट अतिथिको रुपमा नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी रहेका उक्त कार्यक्रममा  नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, बरिष्ठ पत्रकार मधुसुधन गुरागाईं, नेपाल बैकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख बिनयकेशरी पौड्याल, नेपाल बैंक मार्केटिङ् तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, बिभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरु लगायतका अतिथिहरुका साथै खोपासी आसपासका करिव ३०० भन्दा बढी स्थानिय बासिन्दाहरु, व्यापारीहरु, व्यवसायीहरु तथा  बिद्यार्थीहरुको उपस्थितीमा उक्त कार्यक्रम संचालन भएको थियो ।  

कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिका मेयर भिम न्यौपानेले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको सस्मरण गर्दै यस क्षेत्रका बासिन्दाहरुलाइ डिजिटल वित्तीय चेतना अभिबृद्घि गर्न डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रमा संचालन गरेकोमा नेपाल बैंकलाइ हार्दिक धन्यबाद ज्ञापन गरेका छन् । 

साथै त्यस क्षेत्रका बासिन्दाहरुको वित्तीय आवश्यकता पुरा गर्न नेपाल बैंकले थप नयां कार्यक्रमहरु संचालन गर्दै जाने विश्वास पनि उहांले ब्यक्त गरेका थिए  ।  

त्यसै गरी नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले  खोपासी क्षेत्रलाइ प्राथमिकतामा राखि कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराउदै त्यस क्षेत्रका महानुभावहरुले नेपाल बैक प्रति देखाएको अपार विश्वास प्रति कृतज्ञता प्रकट गर्दै नेपालको पहिलो बैकको रुपमा रहेको नेपाल बैकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मुल्यमा गुणस्तरिय बैकिङ्ग सेवा उपलब्ध गराएको र यसबाट लाभान्वित हुन सबैमा आग्रह गरेका थिए ।

बरिष्ठ पत्रकार श्री मधुसुधन गुरागाईं, नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता  श्री प्रकाशकुमार अधिकारी, बाग्मती प्रादेशिक कार्यालय प्रमुख विनयकेशरी पौड्याल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि  आफ्नो बिचार ब्यक्त गरेका उक्त कार्यक्रममा  बैंकका मार्केटिङ् तथा अनुुसन्धान डिभिजन प्रमुख श्री अर्जुन बहादुर कंडेलले डिजिटल बैंकीङ्को आवश्यकता, महत्व एवं यसका जोखिमहरुको बारेमा प्रकाश पारेका थिए  ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।