बागमती प्रदेशमा कृषि क्षेत्रमा १ खर्ब १० करोड कर्जा प्रवाह, ३.२ प्रतिशत नुवाकोटमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जा कृषि क्षेत्रमा आक्रामक देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार बागमती प्रदेशमा कृषि कर्जामा १ खर्ब १० करोड प्रवाह भएको छ ।

जुन २०७७ असार मसान्तको तुलनामा ३३.२ प्रतिशतले बढी हो ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा २७.९ प्रतिशतले वृद्धि भएको थियो । यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ४.२ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको अंश ४२.२ प्रतिशत, चितवन जिल्लाको अंश ३२.२ प्रतिशत, मकवानपुर जिल्लाकोअंश ५.४ प्रतिशत, काभ्रेपलाञ्चोक जिल्लाकोअंश ४.६ प्रतिशत, धादिङ जिल्लाको अंश ३.५ प्रतिशत रहेको छ ।

त्यस्तै नुवाकोट जिल्लाको अंश ३.२ प्रतिशत, ललितपुर जिल्लाको अंश २.५ प्रतिशत, भक्तपुर जिल्लाको अंश २.० प्रतिशत, सिन्धुली जिल्लाको अंश १.७ प्रतिशत, सिन्धुपाल्चोक जल्लाको अंश १.१ प्रतिशत, दोलखा जिल्लाको अंश ०.६ प्रतिशत, रामेछाप जिल्लाको अंश ०.६ प्रतिशत र रसुवा जिल्लाको अंश ०.५ प्रतिशत रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।