कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो ।

बोर्डका अनुसारअनुसार नतिजा सार्वजनिक गर्न बिहान ९ बजे बोर्ड बैठक बोलाइएको छ। बोर्डको अध्यक्ष रिक्त रहेकोले शिक्षा मन्त्रालयका सचिवले नै बोर्डको अध्यक्षता गर्नेछन्। मन्त्रालयका सचिवमा यादव कोइराला बुधबारमात्र बहाली गरेका हुन् ।

बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बैठकमा नतिजाको डेमो तथा एक्पेल भएरनभएको हेरिएको थियो । बिहीबारको बोर्ड बैठकमा त्रुटि नदेखिएपछि शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।

कक्षा १२ मा मुलुकभरबाट तीन लाख ८६ हजार परीक्षार्थीले आवेदन दिएपनि परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी मात्र सहभागी भएको बोर्डले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।