माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, महाधिवेशनबारे छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पार्टीको आसन्न महाधिवेशनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बोलाइएको छ ।

बिहीवार अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

पार्टी कार्यालय सचिवालयले बैठकमा आसन्न महाधिवेशनसँगै समसामयीक राजनीतिक विषयमासमेत छलफल हुने जनाएको छ ।

टोल वडा र पालिका अधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले आगामी मङ्सिर २५ गते सातै प्रदेशमा प्रदेश सम्मेलन गर्ने तयारी गरिरहेको छ ।

आगामी पुस ११ देखि १३ गतेसम्म माओवादी केन्द्रले काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।