आज मिती २०७८ साल मंसिर १५ गते बुधबार, तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

आज मिति २०७८ साल मंसिर १५ गते, बुधबार । इश्वी सन २०२१ डिसेम्बर, ०१ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः द्वादशी, २०ः२० बजे उप्रान्त त्रयोदशी, । नक्षत्रः चित्र १६ः१७ बजे उप्रान्त स्वाती । योगः सौभाग्य, १९ः११ बजे उप्रान्त आयुष्मान् । करणः कौलव ९ः२३ बजेदेखि तैतिल, २०ः२० बजे उप्रान्त शकुनि । काठमाडौंमा सुर्योदय ६ः३८ । सुर्योस्त १७ः०६ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :

रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :

सानै प्रयाशले काममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन् । सामाजिक काममा व्यस्त रहनुपर्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : 

व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । रोकिएका अधुरा कामहरु बन्नेछन ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : 

दाम्पत्य जीबन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाईको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :

रोजगारीको नयाँ अवसर मिल्नेछ । कूटनीतिक कार्यहरु सफल हुनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :

उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कामहरु सफल हुनेछन । ठुला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :

सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाईसंग भेटघाटमा मन खुसि रहनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :

धार्मिक र सामाजिक काममा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ । मेहनत गरे कामहरु सफल हुनेछन ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे):

सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुची बढ्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :

अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन । जागिरमा पदोन्नतिको योग रहेको छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :

शत्रुहरु पराजित हुनेछन । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :

रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

तपार्ईँको दिन शुभ रहोस् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।