बागलुङ कांग्रेसको सभापतिमा सिटौला समूहका शेरचन विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागलुङ कांग्रेसको सभापतिमा जितबहादुर शेरचन निर्वाचित भएका छन्। गत शुक्रबारदेखि जारी अधिवेशनमा सभापतिका लागि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदान भएको थियो।

जितबहादुर कृष्णप्रसाद सिटौला समूहका हुन्। शेरचनले प्रतिस्पर्धी जगदीशचन्द्र उपाध्यायलाई १ सय ५ मतले हराएका हुन्। त्यहाँ १ हजार ६ सय ४९ खसेको थियो।

यसअघिको मतदानमा जगदीशचन्द्र उपाध्यायले ७ सय ९०, जित शेरचनले ६ सय ८६ र अर्का उम्मेदवार द्रोण कुँवरले १ सय ६४ मत पाएका थिए। कसैले पनि खसेको मतको ५१ प्रतिशत नल्याएपछि पुनः मतदान भएको हो।

विजयी सभापति शेरचन ताहाचल क्याम्पसका पूर्व स्ववियू सभापति हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।