कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्। 

आफ्ना प्रतिस्पर्धी भीमप्रसाद ढुंगानालाई ३६ मतान्तरले पछि पार्दै अधिकारी सभापतिमा विजयी एका हुन्। अधिकारीले एक हजार ८२ मत प्राप्त गरेका छन् भने ढुंगानाले एक हजार ४६ मत पाएका छन्।

त्यसैगरी कांगेस धादिङको दुई उपसभापति पदमा बलबहादुर अधिकारी र गेहेन्द्र बहादुर मल्ल विजयी भएका छन्। दुई सचिवमा रामकृष्ण पाण्डे र विकास श्रेष्ठ विजयी भएका निर्वाचन समितिले जनाएको छ।

दुई सहसचिवमध्ये एकमा नवराज तिमल्सिना विजयी भएका छन्। सहसचिवका उम्मेद्वारद्वय क्रान्ति डल्लाकोटी र विजयकुमार तामाङले भने बराबर मत प्राप्त गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।