कांग्रेस गुल्मी सभापतिमा पन्थी निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी । नेपाली कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी निर्वाचित्त भएका छन् । जिल्लाको आठौँ अधिवेशनबाट पन्थीसहित पदाधिकारीमा पौडेल पक्षको प्यानल नै विजयी भएको हो ।

पन्थी १ हजार २७१ मतसहित विजयी हुँदा देउवा पक्षका सभापतिका उम्मेदवार बेद थापा मगरले ३ सय ८४ मतमा चित्त बुझाए । उपसभापतिमा शिव केसी र अनन्तराम पौडेल विजयी भएका छन् ।

सचिवमा भगतसिंह खड्का र जगदिश भट्टराई विजयी भएको निर्वाचन सहायक भीम न्यौपानेले जानकारी दिए । सहसचिवमा छवि पाण्डे र धर्म पाण्डे विजयी भएका छन् । सदस्यमा कृष्णप्रसाद पोख्रेल, धिरेन्द्र केसी, लिलाधर आचार्य, पदम विष्ट र लोकप्रसाद खरेल विजयी भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।