प्राइम कमर्सियल बैंकको बुक क्लोज मिति तय,लाभांश पारित मुख्य एजेन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्राइम कमर्सियल बैंकको बुक क्लोज मिति तय भएको छ । बैंकले १४औं साधारण सभा र लाभांश प्रस्ताव पारित गर्न मंसिर २२ गते (एक दिन) बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा मंसिर २१ गतेसम्म कायम शेयरधनीहरु मात्र उक्त सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले पुस ६ गते साधारण बोलाएको छ । उक्त सभा कम्पनीको केन्द्रीय, कार्यालय, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले शेयरधनीहरुलाई सञ्चालक समितिे प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको १६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १६ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको नियुक्ति गर्ने, प्रवन्धपत्रको उद्देश्यमा आवश्यक संशोधन गरी उद्देश्य थप गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।