भूमि सम्बन्धी समस्याको दिगो समाधान गर्न कार्ययोजाना बनाउन सुरु गरेका छौं : मन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या समाधान गर्न संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी कार्ययोजना बनिरहेको जानकारी दिएकी छन्।

रामेछापको सुनापति गाउँपालिका-४ को दोस्रो वडा सम्मेलन घोषणासभा तथा सहिद बाबुराम तामाङको सालिक अनावरण समारोहमा मन्त्री श्रेष्ठले अबको केही समयभित्रै भूउपयोग नियमावली आउने र त्यसबाट कृषियोग्य भूमिको संरक्षण गरेर व्यावसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिन्।

उनले अबका दिनमा सहकारीको माध्यमबाट युवास्वरोजगार बढाउन मन्त्रालयले पहल सुरु गरिसकेको बताइन्। ‘भूमिसम्बन्धी समस्या समाधान गर्न यसअघि बनेका विभिन्न आयोग र समितिबाट भएका कामलाई ग्रहण गरेर सबैभन्दा धेरै काम भएका ठाउँबाट काम सम्पन्न गर्ने तथा थोरै स्रोत साधनबाट पनि छिटो काम सम्पन्न गर्ने र कामलाई  छिटो पूर्णता दिने गरी आफूले कामको थालनी गरिसकेको र त्यसपछि बाँकी काम गर्दै जाने छौं,’ भनिन्।

मन्त्री श्रेष्ठले हलिया कमैया, कमली,तथा हरुवा चरुवाको समस्या समाधान पीडितसँग आफूले छलफल सुरु गरिसकेको र छिट्टै एउटा कार्यदल बनाएर त्यसको सत्यतथ्यका आधारमा दिएको प्रतिवेदन अनुसार काम सुरु गर्ने पनि जानकारी दिइन्।

उनले रामेछाप जिल्ला कृषि तथा फलफूलका लागि महत्त्वपूर्ण भूमि रहेकाले यसलाई सहकारीका माध्यमबाट व्यावसायिक र उत्पादनमुलक बनाउँदै अगाडी बढ्नु पर्नेमा जोडसमेत दिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।