महाधिवेशनका लागि एमालेले बनायो ११ सदस्यीय अध्यक्ष मण्डल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले आसन्न दसौं महाधिवेशनका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटि बनाएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको हो।

जसमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, महाचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको हो।

त्यस्तै माइन्युट कमिटी पनि बनाइएको छ। जसमा पृथ्वी सुब्बा गुरुङ,  सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेको एमालेले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।