कांग्रेस महाधिवेशन : ललितपुर १ सभापतिमा थिङ विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ विजयी भएका छन्। विजयी थिङले ३ सय ५२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी रामकृष्ण लामा (इन्द्र)ले २ सय ४६ मत मात्र पाए। 

ललितपुरको बज्रवाराहीमा आज मंगलबार बिहाज सार्वजनिक मतपरिणम अनुसार महाधिवेशन प्रतिनिधिमा थिङको प्यानलले लगभग क्लिनस्विप गरेको छ।
विपक्षी प्यानलबाट मधुराप्रसाद घिमिरे, खोमप्रसाद घिमिरे र खुला तर्फ रञ्जना तिमल्सिना विजयी भएका छन् अने अरु सबै प्रतिनिधि सुन्दरमानको प्यानल विजयी भएको मतदान अधिकृत उद्योग प्रसाद तिमल्सिनाले जानकारी दिए।

विजयी हुनेमा सचिवमा मधुराप्रसाद शर्मा, शेखर न्यौपाने, सहसचिवमा विजय कुमार लो र मनोहर सिलवाललगायत छन्। क्षेत्रीय महाधिवेशन सभापतिमा फरक प्यानलमा रामकृष्ण लामा (इन्द्र)को प्यानलले उम्मेद्वारी दिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।