गोलाप्रथाबाट पेशी तोक्ने सम्बन्धि सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित(पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था ल्याइएसँगै सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली राजपत्रमा प्रकाशित गरिएको छ ।

सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने छ ।

गत मंसिर २ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूल कोर्ट० ले पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरेको थियो।

उक्त संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि मुद्दाको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ, अब सबै मुद्दाको पेशी गोला प्रथाबाट तोकिने भएको छ ।

संशोधित नियमावलीको नियम २० मा लेखिएको छ, ‘अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइको लागि इजलासको गठन र पेशी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुनेछ ।’

हेर्नुहोस् संशोधित नियमावलीको पूर्णपाठ :


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।