प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन बारले सभामुखसहित सांसदलाई ज्ञापनपत्र बुझाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख सचेतकहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ । 

जबराको राजीनामा माग्दै तीन साताभन्दा लामो समयदेखि धर्ना र प्रदर्शन गर्दै आएको बारले सोमबार महाअभियोग लगाउन ज्ञापनपत्र बुझाउन लागेको हो । 

सोमबार दिउँसो २ बजे सभामुख सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता तथा प्रमुख सचेकतलाई जबरालाई महाअभियोग लगाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन लागेको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।

न्यायालय सुद्धीकरणका लागि जबरालाई न्यायालयको नेतृत्वबाट हटाउनुपर्ने बारको जिकीर छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।