महाधिवेशन प्रतिनिधि मनोनयनको टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्न लागेको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अपराह्न ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय ​कार्यलय सचिव शेरबहादुर तामाङले बताए।

आजको बैठकमा महाधिवेशन प्रतिनिधि छनोटका विषयमा छलफल हुनेछ। पाँच प्रतिशत प्रतिनिधि मनोनित हुने व्यवस्था छ। जसअनुसार, ९५ प्रतिनिधि स्थायी कमिटीले छनोट गर्छ।

आजको बैठकमा महाधिवेशन प्रतिनिधिको नाम प्रस्ताव गरिने सचिव तामाङले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।