दाङमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ आउँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन्।

उनीहरुको अवस्था मध्यम रहेको छ। आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाँचिएर दुर्घटना भएको हो। घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ।

घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ। बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।