कांग्रेस अधिवेशन : कोहलपुर नगर निर्वाचनमा उम्मेदवार र कार्यकर्ताबीच कुटाकुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरपालिकाको मतदानस्थलमा कांग्रेसका उम्मेदवार र नेता/कार्यकर्ताबीच कुटाकुट भएको छ। उम्मेदवारले पैसा दिएको विषयमा बढेको बिबाद कुटाकुटमा परिणत भएको हो । 

कोहलपुरमा संस्थापन इतर पक्षबाट विरेन्द्र शाह र संस्थापन (देउवा) पक्षबाट राजेन्द्र श्रेष्ठबीच सभापति पदका लागि प्रतिस्पर्धा छ। शाहले एक मतदातालाई मतदानस्थलमै एक हजार दिएको बिषयमा विवाद सुरु भएको थियो । 

पैसा दिएर मतदाता किनेको भन्दै श्रेष्ठ पक्षका युवाले शाहलाई र्‍याखर्‍याख्ती पार्न सुरु गरेपछि विवाद उत्कर्षमा पुगेको एक प्रत्यक्षदर्शीले बताए । पैसा दिएर मतदाता किनेको भन्दै राजेन्द्र पक्षका युवाले विरेन्द्रसँग बिबाद गरेका थिए। श्रेष्ठले आफ्ना समर्थकलाई शान्त पार्न धेरै प्रयास गरे पनि बिबाद बढ्दै गएपछि हातहाला हालको स्थिति उत्पन्न भएको थियो।

‘श्रेष्ठले माहोल शान्त पार्न धेरै प्रयास गरिरहनुभएको थियो,’ उनले भने ‘ तर शाहको उम्मेदवारी सदर नभएपछि आफ्नो प्यानलका ती व्यक्तिलाई पैसा फिर्ता दिएको भनेर बचाउ गरिरहँदा बिबादले चर्कौ रुप लिएको थियो।’

त्यसै क्रममा विरेन्द्र र राजेन्द्र पक्षका तरुण दल नेता हरिसिंह कठायतबीच भनाभन भएको थियो। विरेन्द्रले लाठी उठाएर हरिसिंहलाई हिर्काए। हरिसिंहले पनि शाहलाई एक मुक्का हानेको प्रत्यक्षदर्शीले बताए । शाहले आफूमाथि हातपात भएको भन्दै प्रहरी कहाँ निवेदन दिने तयारीमा रहेको बताएका छन् ।

कुल ३ सय १४ मतदाता रहेको कोहलपुरमा बिहीबार राति अबेरसम्म मतदान चलेको थियो। बिबादपछि बिहीबार बेलुका नै गर्ने भनिएको मतगणना स्थगित भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।