दोहोरो अंकले घट्यो नेप्से,परिसुचक २७६९ अंक पुग्दा ६ अर्ब २७ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२४ कम्पनीको ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँ बराबरको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने विकास बैंक र हाइड्रोका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर २२ अङ्कले, विकास बैंकको १ सय ११, होटलको ५१, फाइनान्सको २७, माइक्रोफाइनान्सको ९ र जलविद्युत् समूहको शेयर ९३ अङ्कले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर ७८ अङ्कले, जीवन बीमा समूहको २ सय ७ अङ्कले, निर्जीवन बीमा समूहको २ सय ४ र अन्य समूहको शेयर १९ अङ्कले घटेको छ ।

नेप्सेका अनुसार बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनी रहेका छन् ।

त्यस्तै, आज मैलुङखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज ६० करोड भन्दा बढीको कारोबार भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।