सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

बुधबार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ३ सय रहेको थियो । आज सुनको मूल्य तोलामा २ सयले वृद्धि भइ ९४ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य ९४ हजार रहेको छ ।

महासंघका अनुसार बिहीबार प्रतितोला चाँदीको मूल्य स्थिरता छाएको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १२ सय ८० रहेकोमा आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।