महिला क्रिकेट टिमको ऐतिहासिक सिरिज, एक खेल अगाडि नै कब्जा गर्‍याे उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन टी–ट्वान्टी खेलको शृंखला जितेको छ। बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो। 

योसँगै नेपालले पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हात पारेको छ। मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक सय १९ रनले पराजित गरेको थियो।

टस जितेर ब्याटिङ गरेको नेपालले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा सीमित भएको थियो ।कतारका लागि कप्तान आयसाले सर्वाधिक २४ रन जोडिन्। नेपालकी सरस्वती कुमारीले ४, रुबिना क्षेत्रीले २ तथा संगीता राई, सबनम राई र कविता जोशीले समान एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान रुबिना क्षेत्रीकाे अर्धसतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रनको योगफल खडा गरेको थियो।

नेपालका लागि रुबिनाले ४८ बलमा चार चौका र एक छक्का मद्दतमा ५० रन जोडिन्। त्यस्तै ओपनर कविता कुँवरले ३१ रन र अप्सरी बेगमले अविजित २३ रन बनाइन्। 

कतारकी एन्जेली मरेले दुई विकेट लिइन् भने अलिना खान र साबिजा पनायनले समान एक विकेट लिए। आइसिसी महिला टी ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा लागि नेपाली टोलीले कतार भ्रमणमा निस्किएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।