विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८८ र बिक्रीदर ११९ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रीदर ३९५ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।