प्रधानन्यायाधीशविरुद्ध देशभर आन्दोलन चर्काउने बारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आजदेखि देशभर आन्दोलन गर्दैछ।

यसअघि सर्वाेच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार हुन लागेको हो।  

बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न आग्रह गरिएको छ। 

प्रधानन्यायाधीशलाई भने सर्वाेच्च प्रवेशमा रोक लगाउन मूल गेटमै धर्ना दिने कार्यक्रम छ। जबरा गत शुक्रबार अर्को गेटबाट कार्यालय प्रवेश गरेका थिए। 

उपत्यका र काभ्रेबाहेकका बार इकाइले  कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम रहेको पौडेलले बताए। बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।