काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै मूल गेटमा कानून व्यवसायीहरू धर्नामा बसेपछि न्यायाधीशहरूलाई वैकल्पिक गेटबाट भित्र प्रवेश गराइएको छ ।
जबरालाई प्रवेश रोक्न मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर अर्के गेट प्रयोग गरी उनी कार्यकक्ष प्रवेश गरेका हुन् ।
प्रधानन्यायाधीश जबरालाई रोक्नका लागि नेपाल बार एसोसिएसनले शुक्रबार बिहान १० बजेदेखि नै सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेका थिए।
वकिलहरूले प्रधानन्यायाधीशलाई रोक्ने भएपछि सर्वोच्च आसपासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अन्य दिनमा न्यायाधीशहरू मूल गेटबाटै सर्वोच्च प्रवेश गर्ने गरेका थिए ।
Comment