१२ जनाले दिए नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन,को-को छन् दौडमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि  १२  जनाले आवेदन दिएका छन्। 

पूँजीबजार क्षेत्रको नियमनकारी निकायको प्रमुख पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको अन्तिम दिन बिहीबारसम्म १२ जनाले  आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी, उपनिर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जिवी चापागाईँले आवेदन दिएका छन् ।

त्यसैगरी, आवेदन दिनेमा हेमन्त बस्याल, डा.केशवप्रसाद श्रेष्ठ, अम्बिका शर्मा लामिछाने, कृष्णप्रसाद आचार्य, गोपाल भट्ट, जीवन अमगाइ, रमेश हमाल र अनिल पौडेल रहेका छन् ।

अब आवेदकहरुमध्ये मन्त्रालयको सिफारिसमा एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गरिने छ ।

बोर्डको अध्यक्ष राजनीतिक नियुक्ति मार्फत हुने भएकाले शक्ति र पैसाको समेत चलखेल हुने बताइन्छ । साथै, आवेदकहरुले कुनै न कुनै पार्टीको आर्शिवाद पाउने आशामा आवेदन दिएको बताइन्छ ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि सरकारले उनलाई पदबाट बर्खास्त गरेको थियो। 

त्यसपछि, धितोपत्र बोर्डको रिक्त पदकोलागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गरी आवेदन माग गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।