तामाङ समाज अमेरिकाको सल्लाहकारमा सामाजिक अभियन्ता अक्कल बहादुर तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सम्पुर्ण तामाङ समुदायलाई गोलवद्ध गर्दै आएको तामाङ समाज अमेरिकाको सल्लाहकारमा सामाजिक अभियन्ता अक्कल बहादुर तामाङ मनोनित भएका छन् ।

सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्ने उद्देश्यले स्थापना भएको यस संस्थामा समाजमा विशेष योगदान पुर्याउँदै आएका व्यक्तिहरु संलग्न रहँदै आएका छन् । 

हाल उक्त समाजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वहरु सल्लाहकारको रूपमा रहनुभएको छ । सामाजिक क्षेत्रका सक्रिय व्यक्तिहरु थप गर्दै जाने क्रममा तामाङ समुदायको अलावा सम्पूर्ण मानव कल्याणको लागि लामो समय देखि निरन्तर काम गर्दै आउनुभएका अक्कल बहादुर तामाङ लगायतका पात्रहरुको समेत समाजले आवश्यकता महसुस गरेको कारण सल्लाहकारको भूमिकामा मनोनित गरिएको हो ।समाजका महासचिव राजु तामाङले सन्चालन गर्नुभएको र समाजकी अध्यक्ष बिनिता तामाङको सभापतित्वमा सञ्चालन गरिएको एक औपचारिक कार्यक्रम बीच अक्कललाई सल्लाहकारमा मनोनित गरिएको हो ।

अक्कलको मनोनयनसँगै समाजले आफ्ना गतिविधिहरु थप सक्रियतापूर्वक सञ्चालन गर्न सहज हुनेमा आफूहरु आशावादी रहेको समाजकी अध्यक्ष विनिता तामाङले बताइन् ।

समाजको २०२१ अक्टोबर १६ मा बसेको पुर्ण बोर्ड मिटिङको निर्णय अनुसार सामाजिक अभियन्ता आक्कलबहादुर तामाङ, गायिका रचनाकार तथा समाजसेवी सृजना स्याङ्दान तामाङ र म्हेन्दोमाया तामाङ सस्कृतिका संरक्षक टेकमान तामाङ गाल्देनलाई समाजमा मनोनयन गरिएको हो ।

मनोनित पात्रहरुलाई अध्यक्ष बिनिता तामाङबाट खादा तथा प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

मनोनित भइसकेपछि सेतोघर डट कमसँगको संक्षिप्त कुराकानीमा अक्कल बहादुर तामाङले तामाङ समाज अमेरिकाले आफूलाई समेत उक्त समाजको सल्लाहकारमा मनोनित गर्नुले निकै गौरवान्वित महसुस भएको र आगामी दिनमा आफूलाई सामाजिक गतिविधिहरुमा अघी बढ्न थप उर्जा मिलेको समेत बताउनुभएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।