कास्कीमा देउसीभैलो १० बजेसम्म, पटका निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । तिहार नजिकिँदै छ । कोभिड थपिँदो छ । स्वास्थ्य मापदण्डसहित चाडबाड मनाउनुपर्ने नेपालीको बाध्यता छ ।

कास्की प्रशासनले पनि स्वास्थ्य मापदण्ड ख्याल गर्दै चाडबाड मनाउन निर्देशन जारी गरेको छ । कास्कीमा यस वर्ष राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ ।जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै १० बजेसम्म मात्र देउसीभैलो खेल्न भनेको हो । पटका, आतसबाजी, झिरझिरे, भुइचँम्पा जस्ता विस्फोटक पदार्थ निषेध गरिएको छ । यसको प्रयोग र निकासी, ओसारपसार नगर्न प्रशासनको निर्देशन छ ।

यस्तै, कोरोना संक्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर देउसीभैलो र नाचगान गर्न आग्रह पनि गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।