आर्यन खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली । लागुऔषध मुद्धामा पक्राउ परेका अभिनेता शाहरुख खानकाका छोरा आर्यनलाई मुम्बई उच्च अदालतले जमानत दिएको छ ।  बिहीबार भएको सुनुवाईमा लागुऔषध मुद्धामा पक्राउ परेका आर्यनसहित मुनमुन धमेचा र अरबाज मर्चेंटको  जमानत स्वीकार भएको हो । 

अभिनेता  शाहरुख खान र उनका दर्शकका लागि यो खुसीको खबर हो । आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले एनसीबीको तर्फबाट वकालत गरेका थिए । अनिलले आर्यन र अरबाजले निरन्तर रुपमा ड्रग्स लिएको आरोप लगाएका थिए । 

नारकोटिक्स कन्ट्रोल ब्यूरोले मुम्बईबाट गोवा गइरहेको क्रुज ड्रग्स पार्टीमा संलग्न रहेको आरोपमा ३ अक्टोबरमा आर्यनसहित ७ जनालाई पक्राउ गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।