एसबीआईका अन्तर्राष्ट्रिय बैंकिङ मुख्य महाप्रवन्धक अरोरा बने नेपाल एसबीआईको अध्यक्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको अध्यक्षमा राजिव अरोरा सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् ।

कम्पनीको  आइतवार बसेको बैठकले स्टेट बैंक अफ इण्डियाबाट प्रतिनिधित्व गरी आएका सञ्चालक अरोरालाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष अरोरारले सोमवार नै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा नीलम ढुङ्गाना तिम्सिना,डेपुटी गर्भनर बम बहादुर मिश्र, कार्यकारी निर्देशक देव कुमार ढकाल, कार्यकारी निर्देशक डा गुणाकार भट्ट, नेपाल एसबिआई बैंकका निर्वतमान अध्यक्ष तथा एस.बि.आई.भारतका मुख्य महाप्रबन्धक बि.आर.एस. सत्यनारायण, बैंकका सञ्चालकहरु रजय कुमार सिन्हा, बाल कृष्ण श्रेष्ठ, विमला सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।