हाम्रो टीमको साझा सभापति उम्मेदवार मै हुँ – रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वाभाविक रुपमा आफूहरुको टीमबाट साझा सभापति उम्मेदवार आफू भएको बताएका छन्।

नेपाल प्रेस युनियन बाँकेले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले यसअघि पनि सभापति उम्मेदवार रहिसकेकाले आफू स्वाभाविक साझा उम्मेदवार रहेको बताएका हुन्।
‘हाम्रो टीमबाट एकजना सभापतिको उम्मेदवार हुन्छ। यसअघि पनि म उम्मेदवार रहिसकेकाले म स्वभाविक उम्मेदवार हुँ’, पौडेलले भने, ‘अरु साथीहरुले पनि इच्छा देखाउनुभएको छ। अन्तिममा एकजना उम्मेदवार बनाएर अघि बढ्छौं।’

उनले सम्पूर्ण कार्यकर्ताको साझा तथा एउटै सभापतिको उम्मेदवार बनाउने पक्षमा आफू रहेको जानकारी दिए।

नेता पौडेलले गठबन्धनको नेतृत्व गर्दै सरकारमा सहभागी भए पनि आगामी निर्वाचन कांग्रेसले एक्लै लड्ने स्पष्ट पारे। कम्युनिष्टसँंग मिलेर चुनावमा जाने पक्षमा कांग्रेस नरहेको स्पष्ट पारेका हुन्।
कार्यकर्ता भेटघाटसमेत गर्दै हिँडेका उनले अहिले कांग्रेसको वैधानिकतामाथि नै प्रश्न उठ्न थालेकाले फास्ट ट्रयाकबाट जसरी पनि निर्धारित समयमै महाधिवेशन गराउनुपर्ने पक्षमा आफू रहेको औंल्याए।

उनले नेपालगञ्जबाट फर्किएलगत्तै सभापति शेरबहादुर देउवालाई मंसिरभित्रै महाधिवेशन गर्न सुझाव दिने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।