प्रधानन्यायाधीश प्रकरणमा कांग्रेस माैन!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्ता नेतृत्व दल नेपाली कांग्रेस प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा नबोल्ने भएको छ ।

जबराले मन्त्रिपरिषदमा पनि भागवण्डा लिएपछि उनले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा पार्टीले बोल्न नमिल्ने बताएका हुन् ।

‘यो विषयमा राजनीतिक दल प्रवेश गरेर बोल्न मिल्दैन, सम्बन्धित सरोकारवाला निकाय नेपाल बार एसोसियसन, पूर्वन्यायाधीशको फोरम छ,’ शर्माले भने, ‘हामीले डिफेन्स पनि गर्न मिल्दैन, समर्थन पनि गर्न मिल्दैन ।’

प्रधानन्यायाधीश जबराले आज सोमबारका लागि बोलाएको सर्वोच्चको फुलकोर्ट १४ जना न्यायाधीशले बहिस्कारको निर्णय लिइसकेपछि न्युज कारखानाले कांग्रेस प्रवक्ता शर्मासँग प्रतिक्रिया लिएको हो । फुलकोर्ट बहिस्कारको निर्णय लिएका न्यायाधीशको बैठक बिहान ११ बजे बस्दैछ । नेपाल बारले पनि बिहान ११ बजे बैठक डाकेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।