सुनको मूल्य स्थिर, चाँदीको घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। 

यस हप्ता आइतबार र मंगलबार सुन बजार बन्द थियो। सोमबार भने सात सयले बढेको थियो। बुधबार एक सयले बढेको थियो। सुन बिहीबार तीन सयले बढेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९१ हजार ७०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार २०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य आज १० रुपैंयाँले घटेको छ। चाँदी आज एक हजार २५० रुपैंयाँमा कारोबार भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।