अर्ली इलेक्सन मैले एक्लै भनेर हुँदैन, गठबन्धन दलसँग छलफल गर्नुपर्छ : प्रम देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा ताजा जनादेश (अर्ली इलेक्सन) गर्नेबारे सत्ता गठबन्धनसँग छलफल गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीले ‘ताजा जनादेशको विकल्प नरहेको’ बताउँदै आएका बेला प्रधानमन्त्री देउवाले अर्ली इलेक्सनमा आफू सकारात्मक रहेको सन्देश दिन खोजेका छन् । 

शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार शिवराज भट्टले ‘वैशाखमा ताजा जनादेश कतिको सम्भव’ छ आशयको प्रश्न गरेका थिए । जवाफमा देउवाले यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताए ।

अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । कांग्रेसकै नेताहरू अर्ली इलेक्सनमा सकारात्मक रहेका बेला देउवाको यो भनाइ बाहिर आएको हो । यद्यपि, यसबारे आफू एक्लैले भनेर नहुने बताएका छन् । उनले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’ 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।