काठमाडौ । नेकपा एमालेले स्थानीय अधिवेशनका लागि शुक्रवार ८ बुँदे विशेष परिपत्र जारी गरेको छ ।
एमालेले स्थानीय कमिटीहरूको वडा तहको अधिवेशन कात्तिक ६ र पालिका अधिवेशन कात्तिक ९ गते एकैदिन सम्पन्न गर्ने निर्णय गरेको छ ।
सोही अधिवेशनहरूका लागि एमालेले विशेष परिपत्र जारी गरेको हो ।
वडा अधिवेशनको भर्चुअल माध्यमबाट नेट सुविधा भएका वडाहरूमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन तथा सम्बोधन गर्नेछन् । त्यस्तै पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ अध्यक्ष ओलीलाई सम्बोधन गर्ने परिपत्रमा भनिएको छ ।
Comment