कोरोना अपडेट: ७२६ जना कोरोना संक्रमण मुक्त, ५४५ जनामा संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पछिल्लो २४ घण्टामा ७२६ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १ हजार ९६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ गरी ५४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३२६ पुगेको छ । कूल निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ७ हजार ५२२ र एन्टीजेनबाट ९३ हजार ७७१ पुगेको छ। 

नेपालमा हाल ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।