बेलायतमा डेल्टा भन्दा १५ प्रतिशत बढी सङ्क्रामक काेराेनाकाे नयाँ भेरिएन्ट भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं   । बेलायतमा डेल्टा भेरियन्टको उप-भेरियन्टको सङ्क्रमण बढ्न थालेको छ। एवाई.फोर.टु (AY. 4.2) नाम दिइएको डेल्टा भेरियन्टको नयाँ उत्परिवर्तन स्वरूप झन् बढी सङ्क्रामक देखिएको विज्ञहरूले बताएका छन्।

बुधवार इजरायलमा पनि डेल्टा भेरियन्टको उप-भेरियन्ट फेला परेको समाचार एजेन्सीहरूले जनाएका छन्। युरोपबाट इजरायल पुगेका ११ वर्षीय बालकमा डेल्टा भेरियन्टको उप-भेरियन्ट देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

अहिले बेलायतमा थपिएका नयाँ सङ्क्रमित मध्ये १० प्रतिशतमा यो नयाँ भेरियन्टको सङ्क्रमण भइरहेको बताइएको छ। डेल्टा भेरियन्टको उप-भेरियन्ट १० देखि १५ प्रतिशत बढी सङ्क्रामक देखिएको छ। विज्ञहरूले डेल्टा भेरियन्टको उप-भेरियन्ट (AY. 4.2) को सङ्क्रमण आउँदा महिनामा झनै बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीका वैज्ञानिकहरूले यो लगायतका अन्य चार भेरियन्टमाथि अध्ययन गरिरहेका छन्। विश्व स्वास्थ्य संगठन नेतृत्वको टोलीले यसमाथि अध्ययन गरेर यो भेरियन्टलाई अन्यलाई जस्तै नयाँ नाम दिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।