पाकिस्तानी गायिकाले ‘कुटुमा कुटु सुपारी दाना’ गाएपछि भयो भाइरल (भिडिओ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। मित्रराष्ट्र पाकिस्तानकी गायिकाले नेपाली गीत गाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गायिका सारा राजा खानले एक कार्यक्रममा नेपाली गीत गाएपछि त्यसको भिडिओ भाइरल भएको हो। 

उनले पाकिस्तानी नै गायक/गीतकार गुलाम अलीले गाएको  ‘गाजलु ती ठूलाठूला आँखा’ र गायक/संगीतकार राजनराज शिवाकोटी, मेलिना राईलगायतको स्वरमा रहेको  ‘कुटुमा कुटु सुपारी दाना’लगायत नेपाली गीत गाएकी हुन्। ‘कुटुमा कुटु सुपारी दाना’ नेपाली चलचित्र ‘दुई रुपैयाँ’को गीत हो। 

पाकिस्तानी गायिका साराले नेपाली गीत गाउँदा कार्यक्रममा उपस्थित नेपाली तथा पाकिस्तानी दर्शकले वाहवाही गरेका थिए।

सारा पाकिस्तानी रियालिटी सो ब्राइट स्टारकी विजेता पनि हुन्। उनले ‘मेरे कातिल, मेरे दिलदार’ गीतबाट सर्वश्रेष्ठ मौलिक साउन्डट्र्याकका लागि सन् २०१३ मा पुरस्कार पाएकी थिइन्।

तलको भिडिओमा सुन्नुहोस् पाकिस्तानी गायिकाले रोचक ढंगले नेपाली गीत गाएको–


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।