टेस्लाको नयाँ कीर्तिमान, एक महिनामै बिक्यो ५६ हजार बढी कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।

टेस्लाले पछिल्लो एक महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै कार बिक्रीको नयाँ कीर्तिमान कायम गरेको हो। टेस्लाले सेप्टेम्बर महिनामा मात्रै ५६ हजार भन्दा बढी गाडी बिक्री गरेको छ।

अघिल्लो महिना अर्थात् सेप्टेम्बरमा चीनमा यात्री कारको बिक्री एक वर्ष अघिको तुलनामा १७ प्रतिशत घट्दा पनि टेस्लाले भने नयाँ रेकर्ड बनाएको हो।

सो कम्पनीले अगस्तमा समेत ४४,२४६ वटा चीनमा निर्मित सवारी साधनहरू बिक्री गरेको थियो। चाइना प्यासेन्जर कार एसोसिएसनको तथ्याङ्कमा यस्तो देखिएको हो।

तथ्याङ्कका अनुसार ती मध्ये ३१,३९७ वटा कार निर्यात गरिएको थियो।यसले के देखाउँछ भने टेस्लाले चिनियाँ बजारमा भने राम्रो पकड जन्माउन अझै सकेको छैन।

चीनको सांघाईमा सन् २०१९ को अन्त्यतिरबाट सञ्चालनमा आएको नयाँ कारखाना टेस्लाको भाग्य चम्काउनमा महत्वपूर्ण सावित भएको छ ।

सन् २०२० मा उत्पादित तथा ग्राहकसम्म पुर्‍याइएका टेस्लाका कारमध्ये ठूलो हिस्सा सांघाइमा उत्पादित कार नै रहेका छन् । एजेन्सी

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।