रिलायन्स लाइफले ल्यायो रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। 

सो बीमा योजना अन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमांकको ५ (पाँच) प्रतिशत रकम  भुक्तान गरिने कम्पनीले जनाएको छ। 

सो व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमांक रकम बराबरको रक्षावरण समेत प्रदान गर्ने कम्पनीको विश्वास छ।

यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन्। 

कम्पनीका अनुसार १५ वर्षको बीमा अवधिको समाप्तिमा बीमितलाई अग्रिम वार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमांक रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ। यस योजनामा बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई  बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ।  

यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन्। यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ। 

यो योजना सँगै बिमितले थप न्यूनतम बीमाशुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्ने कम्पनीले जनाएको छ।            

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।