शेयर बजारमा दोहोरो अंकको बृद्धि,परिसुचक २६५६ अंक पुग्दा १ अर्ब ४९ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अकंले बढेकोे छ । 

दसैंपछिको कारोबार भएको पहिलो दिन आइतबार नेप्से १७.५९ अंकले बढेर २६ सय ५६.९६ अंकमा अडेको हो।

२१८ कम्पनीको ४७ लाख ६० हजार २९५ कित्ता  शेयर १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँमा कारोबार भएको छ।

ठूला कम्पनीको सेयर कारोबार मापन इन्डेक्स ३.१७ अंकले बढेर ४९७.३९ विन्दुमा पुगेको छ। कारोबारमा आएका १३ समूहमध्ये सामूहिक लगानी कोषको शेयर मूल्य घटेको छ। सो समूहको परिसूचक ०.१८ अंकले घटेको हो।

सबैभन्दा बढी होटल तथा पर्यटनको परिसूचक ३.५१ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा नबिल बैंक शीर्षस्थानमा छ। सो बैंकको ८ करोड ३२ लाख रुपैयाँ बराबरको सयर खरिदबिक्री भएको हो। त्यसैगरी, हिमालयन डिस्टिलरीको ७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

सबैभन्दा बढी चन्द्रागिरी हिल्सको सेयर मूल्य ६.९७ प्रतिशत बढेको छ। हिमालयन ऊर्जाको ५।०६ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ४।८६ र कामना सेवा विकास बैंकको ४.२६ प्रतिशतले सेयर मूल्य बढेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।