आज विजया दशमीको तेस्रो दिन, मान्यजनबाट टीका र आशिर्वाद थाप्ने क्रम जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आशिर्वाद लिनेक्रम जारी छ। विजया दशमीको दिन टीका लगाउन छुटेका वा टाढा टाढा भएकाहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ।

पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टीका लगाउने प्रचलन छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा दसैँ मनाइँदै आएको छ।

घटस्थापनादेखि नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरेर राखिएको जमरासहितको टीका विजया दशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ।

यसैबीच दसैँको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरू आजबाट खुल्ने भएका छन्। फूलपातीको दिनदेखि ५ दिनसम्म दसैँ बिदा मनाएकाहरू आजबाट नियमित काममा फर्किने छन्। पर्व मनाउन आ-आफ्नो पुर्ख्यौली थलो गएकाहरू पनि हिजैदेखि काठमाडौँ फर्कने क्रम सुरु भइसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।