विश्वकप छनोटः अर्जेन्टिना र बोलिभिया विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र बोलिभिया विजयी भएका छन्।

आज बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १–० ले हराएको हो। अर्जेन्टिनाको जीतमा खेलको ४३ औं मिनेटमा लउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो।

जीतसँगै अर्जेन्टिनाले ११ खेलमा २५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। पेरु भने ११ अंकसहित नवौं स्थानमा छ।

आज बिहानै भएको अर्को खेलमा बोलिभियाले पाराग्वेलाई ४–० ले हराएको छ भने कोलम्बिया र इक्वेडरले गोलरहित बराबरी खेलेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।