आज विजयादशमीः टीकाको शुभ साइत, कुन देशमा कति बजे ?(समय तालिकासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुर्गा पक्षको मुख्य दिन आज विजयादशमी मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको जनाएको छ।

यसैगरी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरूका लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ। धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हाे ।

जापानको टोकियोमा दशैंको टीकाको उत्तम साइत १५ अक्टोबर ११ः०५ बजे रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. माधव भट्टराईले जानकारी दिए। उनका अनुसार टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि शुभसाइत दिइएको हो। नेपालमा भने असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत छ।

भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ। अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग-अलग साइत जुराइएको छ।

न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

हेर्नुहोस् विभिन्न देशमा टीकाको उत्तम साइत :                  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।