काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा २२९, भक्तपुरमा २५ र ललितपुरमा ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयकाअनुसार यस अवधिमा देशभर १ हजार ३३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १० जनाको निधन भएको छ । नेपालमा हालसम्म ७ लाख ७४ हजार १७३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यसैगरी महामारी सुरु भएयता देखि कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २१० पुगेको छ ।
Comment