मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी,४ बजे शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएको झण्डै तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। 

आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने गरी तयारी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो । सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एकीकृत समाजवादी)ले चार–चार मन्त्रालय पाउने भएका छन् ।

मन्त्रालय भागबण्डामा असन्तुष्टि राखेको एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमति जुटेको छ । एकीकृत समाजवादीले स्वास्थ्यसहित चार मन्त्रालय पाएको छ ।

यस्तै शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पनि एकीकृत समाजवादीले नै पाएको छ । कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत पाएको छ ।

नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ । जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाउने भएको छ ।

सरकार गठन भएको ८९ दिनमा मन्त्रिपरिषदले पूणता पाउन लागेको हो । लामो समयसम्म मन्त्रिपरिषदले पूर्णता नपाउँदा सरकारको चर्को आलोचना भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।