ललिता निवास प्रकरणमा एक पैसा पनि हिनामिना नगरेको गच्छदारको दावी, ‘प्रमाणित भए मृत्युदण्ड भोग्न तयार छु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना गरेको दावी गरेका छन्।

बुधवार गृह जिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको चेतावनी समेत दिए। उनले आफू निष्कलंक रहेको पनि पटक-पटक दोहोर्‍याए।

उपसभापति गच्छदारले भने, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु। फाँसीमा झुण्डिन तयार छु। मेरो चुनौति छ-राज्यसँग। मेरो चुनौति छ कि मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम्पत्ति पनि हिनामिना गरेको छैन। म निष्कलंक छु। ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्धा चलाइएको हो।’

उपसभापति गच्छदारले केपी शर्मा ओली नेतृत्वको सरकारले आफू कांग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गराएको आरोप समेत लगाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।