काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन चार मन्त्रालय पाएको छ । सत्तारुढ गठबन्धनको बैठकबाट मन्त्रालयको भागबण्डा टुंगिएपछि अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले चार मन्त्रालय पाएको जानकारी पार्टीमा गराएका हुन् ।
जसपाले मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई दिएको छ । तर, उनले बुधबार बस्ने गरी कार्यकारिणी समितिको बैठक बोलाएका छन्।
जसपाको भागमा भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको हो ।
जसपाबाट मन्त्रीका महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, प्रदीप यादव रेणु यादव, इस्तियाक राईसहितका सांसद मुख्य दाबेदार छन् ।
उपप्रधानमन्त्री नपाएपछि अध्यक्ष यादव सरकारमा सहभागी नहुने भएका छन् ।
Comment